Friday 23rd October 2026

इन्डोनेसियामा हिंसा भडि्कँदा २४ जनाको मत्यु


तितोपाटी – इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको थियो। “मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ, दारियान्तोले बताए।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताएका थिए।

-रासस


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...