Thursday 27th August 2026

मानव बेचबिखनविरुद्ध अभियान शुरु


तितोपाटी–डोटी जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिए।

विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, “हामीले सञ्चालन गर्न लागेको अभियान महिला बेचबिखनविरुद्धमा बढी केन्द्रित हुनेछ, जसले गर्दा महिला बेचबिखन तथा ओसारपसारको अन्त्य गर्न सहयोग हुनेछ ।”

मानव बेचबिखन र ओसारपसार गरी महिलालाई यौनजन्य क्रियाकलापमा लगाउने, बालबालिकालाई समेत यौनजन्य क्रियाकलाप र श्रममा लगाउने, मानव शरीरका अङ्ग बेचबिखन गरिने गरेकामा यसबारे सचेतना फैलाउन साताव्यापी अभियान गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए। अभियानका क्रममा स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धबारे जानकारी दिइने र सन्देशमूलक पर्चा वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

यसपछिका दिनमा सन्देशमूलक माइकिङ, विद्यार्थीसँग छलफल, प्लेकार्डसहित बजार परिक्रमा गर्नेलगायतका कार्यक्रम गरिने उनको भनाइ छ । जिल्लामा महिला तथा बालबालिका बेचबिखनका घटना नभए पनि बालबालिका बालश्रममा बढी प्रयोग भएकाले त्यसको रोकथाम गर्न जरुरी भएको सरोकारवाला निकायले सुझाव दिएका छन् ।
साभार खबर हब


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...