Thursday 18th June 2026

रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने


तितोपाटी-जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाए अनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ । यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिब दिपक ढकालले पहिलो चरणमा न्यून मात्राका नर्स र केयर गिभर लैजाने जनाएको बताए । “कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,” उनले कारोबारसँग भने, “नेपालबाट श्रमिक लैजाने बारेमा जापान इच्छुक भएपनि पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ ।

जापान विदेशी श्रमिक लिनका लागि छनोट गरेको देशमा नेपालमा दक्षिण एशियाबाट एकमात्र देश हो । यसले पनि कुनै न कुनै क्षेत्रमा नेपाली लैजान जापान नेपाल प्रति सकारात्मक भएको देखिन्छ ।जापानले ९ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउँदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग क्रमस उच्च हुने सरकारी अनुमान छ ।जापानले ५ वर्षमा ४ लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ । सरकारले बढीभन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्चस्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । केही वर्ष अघिदेखिनेपालबाट श्रमिक माग गर्ने आर्कषक श्रम गन्तव्य जापानमात्र हैन कोरियाले समेत दक्षतालाई प्राथमिकता राखेर युवाको छनोट गर्न थालेका छन् ।

भाषा परीक्षामा पास भएका श्रमिकसीपर दक्षता परीक्षण कात्तिक १९ र २० गते गरिने मन्त्रालयले जनाएको छ। भाषासँगै सीप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जाने छन । भाषा परीक्षामा एन४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ।
श्रमिक छनोट तथा भर्ना प्रक्रियाका लागि जापान फाउन्डेसनअन्तर्गतको प्रोम्याट्रिक कम्पनीलाई जिम्मा दिने उपसचिब ढकालले जानकारी दिए ।सबै प्रक्रिया पुरा गरेर जापानका रोजगारदाताको माग अनुसार नेपाली युवा रोजगारीका लागि प्रबेश गर्ने छन । नेपाल सरकारको तर्पmबाट जापानको रोजगारीलाई व्यवस्थापन गर्न वैदेशिक रोजगार विभागअन्तर्गत एक युनिट स्थापना गरिने भएको छ । छनोट प्रक्रियालाई पारर्दशी बनाउन भाषा परीक्षा, सीप परीक्षण र अन्य प्रक्रियामा भने नेपाल स्थित जापानी दुताबास, जापान फाउन्डेसन र प्रोम्याट्रिक कम्पनी कम्पनीले काम गर्ने जनाईएको छ ।

भाषा परीक्षा कम्प्युटरबाट लिइने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा र सीप परीक्षणको नतिजा सामेल भएको केही समयमा नै परीक्षार्थीहरुले अंक पाप्त गर्ने भएपनि छनोट भए नभएको एक हप्तापछि जानकारी दिइने छ । जापानले चरणबद्ध रुपमा छनोटमा परेका ९ देशलाई कृषि,उद्योग, पर्यटन, होटल, रेस्टुरेन्ट, सेवा, मस्त्यपालन लगायतका १४ क्षेत्रमा विदेशी श्रमिक लिने जनाएको छ । पहिलो चरणमा नेपालबाट केयरगिभर र नर्स लैजाने भएपनि त्यसपछि नेपालीको सीप अनुसार क्षेत्र निर्धारण गरिने भएको छ । मन्त्रालयका अनुसार केही समयपछि श्रमिकको सीप परीक्षणको सूचना निकाल्ने तयारी भएको छ । सूचना श्रम मन्त्रालय र विभागको वेबसाइटमा राख्ने जनाइएको छ ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...