Monday 17th August 2026

रवि लामिछाने ५लाख धरौटीमा रिहा, विदेश भ्रमणमा रोक


तितोपटी – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो ।

कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतले घटनाको फैसला नहुन्जेल घटनासँग सम्बन्धित कार्यक्रम सन्चालन गर्न लामिछानेलाई रोक लगाएको छ भने अदालतको अनुमती बिना विदेश यात्रा गर्न रोक लगायेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसमा ८ जना वकिलहरुले बहस गरेका थिए ।

अदालतले लामिछानेसहित तीनैजनासँग आइतबार र सोमबर गरी दुई दिन लगाएर बयान लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...