Saturday 7th March 2026

निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान


तितोपाटी- वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ ।

परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले स्वास्थ्योपचारलाई मध्यनजर राख्दै चार जनाको परिवारलाई रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको अध्यक्ष सन्तोष थापामगरले बताए।

“गाहाका तीन वर्षीय छोराले गाउँपालिकाभित्र जुन शैक्षिक संस्थामा अध्ययन गरे पनि स्नातक तहसम्म शैक्षिक खर्च गाउँपालिकाले व्यहोर्नेछ”, उनले भने । गाहाको वैदेशिक रोजगारको क्रममा गत साउन १५ गते ३५ वर्षको उमेरमा निधन भएको थियो । उनको शव साउन २३ गते नेपाल ल्याएर दाहसंस्कार गरिएको आफन्त रेमन सिङ्जालीले बताए । लुलु कम्पनीमार्फत रोजगारीका लागि कतार पुगेको ४५ दिनमा मरुभूमिमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा माटोसहितको ढिस्कोले पुरिएर निधन भएको थियो ।

कालीगण्डकी फाउण्डेशनलाई एम्बुलेन्स सहयोग कालीगण्डकी फाउण्डेशन नेपाललाई भारतीय राजदूतावासले एम्बुलेन्स प्रदान गरेको छ । भारतको ७३ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार पाल्पाको रामपुरमा स्थापना भएको फाउण्डेशनलाई बिरामीको स्वास्थ्य उपचारमा छिटो छरितो सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सहयोगस्वरुप प्राप्त भएको छ ।

कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले दूतावासबाट प्राप्त एम्बुलेन्सले रामपुर क्षेत्रका नागरिकलाई स्वास्थ्य सुविधा दिने बताए । “एम्बुलेन्स मार्फत आकस्मिक बिरामीलाई सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ, भैरहवालगायतका स्थानमा ओसारपसार गर्न अब सजिलो पर्नेछ”, उनले भने । विशुद्ध सामाजिक सेवाको रुपमा यस संस्थाको हालै स्थापना भएको हो ।

साभार बुटवल अनलाईन


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...