Saturday 14th June 2025

कुमारित्व भंग नगरी विवाह गर्न नपाइने देश माइक्रोनेसिया


तितोपाटी – संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ विवाहसम्बन्धी अचम्मलाग्दो परम्परा चलिआएको छ । विश्वका सबैजसो मुलुक या स्थानमा बिहेअघि महिलाको कुमारीत्व गुम्नुलाई उचित मानिँदैन । कतिपय मुलुकमा त कुमारीत्व गुमाउनुलाई अपराधकै रूपमा लिइन्छ । तर, माइक्रोनेसियामा भने कुमारी रहेरै बिहे गरेमा त्यसलाई अपराध ठानिन्छ । यहाँ कुनै पनि पुरुषले कुमारी युवतीसँग विवाह गर्दैन । यदि कुनै युवतीले झुक्याएर कुमारी अवस्थामै बिहे गरेमा त्यसलाई अपराध मानिन्छ ।

त्यसैले विवाहअघि परपुरुषसँग यौनसम्बन्ध राख्नु कुमारी युवतीका लागि त्यहाँ अनिवार्य छ । यो कार्यको लागि ‘सेक्स वर्कर’को सहयोग लिने गर्छन् कुमारी युवतीहरू । त्यसबापत सेक्स वर्कर पुरुषले महिलाको तर्फबाट रकम प्राप्त गर्छन् । विवाहपछि हुने यौन क्रियाकलापबारे पहिले नै जानकार बन्नु उपयुक्त हुने सोचका आधारमा त्यहाँ यस्तो परम्परा चलेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने…

तेल अभिव: इजरायलले इरानमाथि ठूलो आक्रमण गरेको छ। इरानले आफ्नो आणविक स्थलमा आक्रमण गरेको छ। यसपछि इरानले बदलाको चेतावनी दिएको…

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका…

प्रतिकृयाहरू
...