Sunday 17th May 2026

श्रम र परराष्ट्र मन्त्रीलाई कुवेत ल्याउने एनसीसीको कार्ययोजना


तोयानाथ दाहाल – गत अगष्ट २ का दिन सम्पन्न एनआरएन एनसीसी को पहिलो बैठक कुवेत स्थित मालिया सीटीमा हिजो अर्थात अगष्ट १० का दिन सम्पन्न भयो ।

बैठकले आफ्नो सांगठनिक आकारलाई अन्तिम रुप दिदै कार्य विभाजन तथा पदिय जिम्मेवारीको यथोचित व्यवस्थापन समेत गरेको छ । जसअनुसार राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र अर्जुन तामाङ लाई संरक्षकमा चयन गरेको छ । यसैगरी बरिष्ठ सल्लाहकारमा शिब प्रसाद कोईराला, राम बहादुर लामा छन् भने सल्लाहकारमा जय बहादुर आले, आनन्द आर्चाय, र नैनाकला राई मनोनित भएका छन् ।

एनसीसी कुवेतले गणेश बहादुर रावतलाई प्रबक्ता बनाएको छ । निर्वाचनबाट आएको नयाँ समितीको पहिलो बैठकले हर्क बहादुर गुरुङ, भुपेन्द्र सारु र सम्झना गुरुङ लाई कार्यसमिती मा चयन गरेको छ ।
यसरी नै एनसीसीले कामको चुस्तता र प्रभावकारिता विस्तार गर्न विभिन्न उपसमितीहरु को गठन गरेको छ । राहत कोषको उपसमिती संयोजकमा हरी लावती, बैदेशिक रोजगार विभाग को संयोजकमा उमेश कुमार पुडासैनी, सामुहिक लगानी कोष संयोजक मा रानाध्वज लामा रहेका छन ।

बैठकले हिजै एक कार्ययोजना पनि पास गरेको छ जसअनुसार गैरआवासिय कुवेतको दुई बर्षे कार्यकाल भित्रमा नै पुरा गर्ने गरी नेपालको दुर्गम भेगमा रहेको शिक्षाको उन्नतीका लागि एउटा र स्वावस्थ्यका लागि अर्को कार्य योजना दिने भएको छ । यसरी नै कुवेतमा कार्यरत नेपालीहरुका लागि पनि स्वास्थ्य र श्रम सम्बन्धि चेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ । यसका अलावा यहाँका समस्याहरु लाई एकिकृत गर्दै नेपाल सरकार श्रम मन्त्रालयमा डेलीगेसन जाने पनि निर्णय गरेको छ ।

एनआरएन ले यसबैठक बाट यहाँ रहेका नेपालीहरु बीच खेलकुद खेलाउने, आ आफ्ना भाषा संस्कृति तथा साहित्य समेतको सम्बर्दन मा विभिन्न कार्यक्रमहरु गर्ने , नेपाली राजदुतावाससँग समन्वय र सहकार्य गर्दै भिजिट नेपाल २०२० सफल पार्न प्रयत्न गर्ने । यसका अतिरिक्त एक महत्वाकांक्षी कार्ययोजनामा एनसीसी ले प्रस्तुत गरेको छ । जुन सम्भव तर चुनौतीपूर्ण हुने देखिन्छ । जहाँ श्रम मन्त्री र परराष्ट्र मन्त्रीको उपस्थितीमा मध्यपूर्वको सम्मेलन कुवेतमा गराउने संकल्प एनसीसी को पहिलो बैठक ले लिएको छ । सधै भरी का एनसीसी ले भन्दै आएको कुवेतका नेपालीहरुलाई समेटेर नेपालमा लगानी गर्ने योजना यसपटक को समितीले पनि आफ्नो अन्तिम बुदाको रुपमा प्रस्तुत गरेको छ ।

एनसीसी कुवेतका बर्तमान अध्यक्ष सुजन केसीको अध्यक्षता र आईसीसी सदस्य अमित राई को उपस्थितीमा भएको बैठकमा बधाई तथा शुभकामनाहरु साटासाट गरिएका थिए । यसरी नै अघिल्लो समितीले एनसीसी को आर्थिक गतिविधी, सांगठनिक अवस्था र निर्वाचन समितीले हिसाव किताब बुझबुझारत गरेका थिए । बैठक मालिया स्थित होटल एषिया एषियामा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...