Tuesday 24th March 2026

मृतकको संख्या पाँच पुग्यो-२० बढी बेपत्ता


धादिङ – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए।  पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ।

शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको थियो।

मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन्। बाँकीकाे परिचय भने खुलेकाे छैन। त्यस्तै थप दुई जना एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ । उनीहरुको पनि पहिचान भने भएको छैन। बस नदीबाट निकालिएको छ। बसमा कोही पनि यात्रु नभेटिएको उद्दारमा खटिएका  प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत छन्।

त्यस्तै औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा सहित चालक जमरकट्टेल, सहचालक चौधरी र कन्डक्टर ऋषि उप्रेती थिए।

नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीकाे भनाई छ। चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...