Sunday 1st November 2026

प्रधानमन्त्री ओलीको सिंगापुरमा हुने उपचार खर्च आफैंले व्यहोर्ने


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनी सँग साथमा  गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी गराएका छन ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी छन्।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू हुनेछ। प्रधानमन्त्री ओलीले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड जाने गरेका थिए प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर साउन २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...