Saturday 28th September 2024

कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका – ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन ।

मृतक कुल बहादुरकाे शवलाइ प्रहरीले पोस्टमार्टमको लागि लिएर जाने तयारी गरेको तितोपाटीलाई  जानकारी प्राप्त भएको छ ।

उनी हिस्को कम्पनिमा रोजगारीको शिलसिलामा झण्डै ३ वर्ष पहिले कुवेत आएका थिए । बिगत १४ महिना देखि अबैधानिक भइ काम गर्दै आएका थिए । कुल बहादुरकाे मृत्युको बारेमा नेपाली राजदूतावास कुवेतमा सोधनी गर्दा दूतावासकी द्वित्तिय सचिव जानकी ओझाले नेपाली कामदारको मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै अन्य कागजात र जानकारी प्राप्त भएपछि आवश्यक प्रकृया पुरा गरी शब नेपाल पठाउने ब्यवस्था गरिने बताइन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...