Saturday 27th December 2025

छैनन् नेपालमा नेपाली कोही – राम बस्नेत


 

मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन ।
अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।।

 

पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन
अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।।

 

पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे
हिजोसम्म्म दाजु भन्ने मरेपछी नेपकाका मान्छे परे ।।

 

छैनननेपालमा नेपालीसबै पार्टीकै मान्छेपर्दो रहेछ्न
गर्बमैरहेका शिसुपनि पार्टीकै कार्यकर्ता पर्दोरहेछन ।।

 

चन्द्र सुर्य अङ्कित नेपाली झन्डा आजकाल
कता पर्यो नेपाली सभ्यता दिन दिनै तलझर्यो  ।।

हसिया हटौडा चारतारे हलो भयको झन्डा
माथी लाग्यो देश नै आज ओझेलमा पर्यो ।।

 

देश तल झर्दै छ मेरुदण्ड सबै मिलि समाइदेउ
होइन भने कात्रो पनि पार्टी कै नामको बनाईदेउ  ।।
होइन भने कात्रो पनि पार्टी कै नामको बनाईदेउ ।।

 

रेसुङ्गा नगरपालिका-१० पाचराते झिर्मी गुल्मी
हालःखाडी मुलुक कुवेत


सम्बन्धित शीर्षकहरु

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

प्रतिकृयाहरू
...