Thursday 27th August 2026

छैनन् नेपालमा नेपाली कोही – राम बस्नेत


 

मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन ।
अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।।

 

पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन
अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।।

 

पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे
हिजोसम्म्म दाजु भन्ने मरेपछी नेपकाका मान्छे परे ।।

 

छैनननेपालमा नेपालीसबै पार्टीकै मान्छेपर्दो रहेछ्न
गर्बमैरहेका शिसुपनि पार्टीकै कार्यकर्ता पर्दोरहेछन ।।

 

चन्द्र सुर्य अङ्कित नेपाली झन्डा आजकाल
कता पर्यो नेपाली सभ्यता दिन दिनै तलझर्यो  ।।

हसिया हटौडा चारतारे हलो भयको झन्डा
माथी लाग्यो देश नै आज ओझेलमा पर्यो ।।

 

देश तल झर्दै छ मेरुदण्ड सबै मिलि समाइदेउ
होइन भने कात्रो पनि पार्टी कै नामको बनाईदेउ  ।।
होइन भने कात्रो पनि पार्टी कै नामको बनाईदेउ ।।

 

रेसुङ्गा नगरपालिका-१० पाचराते झिर्मी गुल्मी
हालःखाडी मुलुक कुवेत


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...