Sunday 14th June 2026

गुल्मी सत्यवतीका पहिरो पीडितलाई कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग


राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग सो रकम संकलन गरेका हुन् ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा यही ६ गते सोमबार राती परेको भिषण वर्षाका कारण पहिरो जाँदा १३ जनाको ज्यान गएको र सिंगो गाउँ नै बिस्थापित भएको हुँदा सो ठाउँमा भएको प्राकृतिक बिपद्मा केही मल्हम लगाउने उद्देश्यका साथ कुवेतमा रहेका गुल्मिली युबा सरोज ज्ञवाली, लक्ष्मण ज्ञवाली, दुर्गा भट्टराई, प्रकास खत्री र  गणेश बोहोराको संयोजकतामा एक दिने सहयोग अभियान संचालन गरि कुवेतमा रहेका नेपाली जनसमुदायबाट ६१ हजार २ सय ५८ रुपैया संकलन गरि गुल्मी सत्यवती गाउँ पालिका वडा नम्बर ४ का वडाअध्यक्ष दान बहादुर राना मार्फत पहिरोमा परेका पीडितलाई राहत पठाएको संकलनका संयोजक सरोज ज्ञवालीले जानकारी दिएका हुन ।

जम्मा ४ जना युवाको पहलमा एक दिन मात्रै सहयोग संकलन गरेर मातृभूमिका पीडितलाइ सकेको सहयोग पठाएका यि युवाहरूले देशमा कुनै पनि बिपत्ति पर्दा जिम्मेवार नागरिकको हैसियतले तन मन देखि नै दत्तचित्त भएर लागि परे मानविय र सामाजिक सेवा गर्न संघ सँस्था नै हुनु पर्छ भन्ने छैन , आम ब्यक्तिले पनि आर्थिक राहत संकलन गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । अन्तरमनदेखि सहयोगी भावना लिएर पुन्य कार्य गरे लामो समय अभियान नचलाइ छोटो समयमा पनि मनग्गे सहयोग उठाउन सकिन्छ भन्ने कुरा पनि नेपाली समुदायलाइ यी युवाहरूले पाठ सिकाएका छन् ।

सहयोग दाताहरूको नामावाली जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

नेपालमा समस्या समाधानका लागि आयोग बनाउने र प्रतिवेदन तयार गर्ने काम धेरै हुन्छ, तर कार्यान्वयन भने दशकौँसम्म रोकिने गर्छ। जब…

प्रतिकृयाहरू
...