Wednesday 26th November 2025

प्रचण्ड भन्छन-हेग लगे म झन् हिरो भएर निस्कन्छु


काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने  उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही  कमजोर नहुने उनले बताए। क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने र देशले दुख पाउने उनले दाबी गरे।  प्रचण्डको सचिवालयका अनुसार विप्वलका ८ नेता, कार्यकताहरू नेकपामा प्रवेश गरेका हुन् ।

-अन्नपूर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...