Wednesday 5th August 2026

चीनमा अलपत्र परेका ४४ महिला कामदार नेपाल फर्किदै


तितोपाटी- चीनको एक कारखानामा कार्यरत ४४ नेपाली महिलालाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालाई नेपाल फर्काइएको हो ।चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्टमा कार्यरत उनीहरुले सेवासुविधा नपाएको गुनासो गरेपछि दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । ४१ जनालाई कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आउदैँछन् ।

दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो ती महिला गरेपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । उनीहरु वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको र गत मे महिनामा उक्त कारखानामा काम गर्न चीन पुगेको पाइएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...