Saturday 20th June 2026

नेतादेखि ठेकदारसम्मका १४० जना अख्तियारको छानबिनमा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ९२१ उजुरी उपर अनुसन्धान गरिरहेको छ। जसमा १३० देखि १४० जनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विस्तृत छानबिन गरिरहेको छ। छानबिनपछि मुद्दा चलाउने तयारी भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पोखरेलका अनुसार स्रोत नखुलेको सम्पत्ति, राष्ट्रिय गौरवको आयोजना, र अति रुग्ण आयोजनाको हिनामिना सनम्बन्धी विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ।

सम्पादकहरुसँगको छलफलमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कम्तिमा १४० जनामाथि स्रोत नखुलेको सम्पत्ति आर्जनमा छानबिन भइरहेको बताएका थिए।

आयोगले अध्ययन गरेका १ खर्ब १८ अर्बका १ हजार ८ सय ४८ आयोजनाको छानबिन भइरहेको छ।  यी आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका छन्।

२३ अर्ब भन्दा बढी सरकारी रकम ‘मोबिलाइजेसन पेश्की’ लिएर निर्माण व्यवसायीले अन्यन्त्र प्रयोग गरेका छन्। तर,  आयोजना सम्पन्न नभई अधिकांश म्याद थप नै नभएका र कतिपयको पटक–पटक म्याद थप भएर पनि काम अधुरै छन्। त्यस्ता आयोजनाको अख्तियारले अनुसन्धान गरिरहेको छ।

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाले ठेकेदारले मनपरी गर्न पाएका छन्। प्रवक्ता कोइरालाले सार्वजनिक खरिद ऐनको कारण कतिपय विकास निर्माणका अलपत्र परेकाले ऐन संशोधनको लागि सिफारिस गरिएको बताए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...