Wednesday 5th August 2026

विदेशमा सिकेको सीपले समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियामा रहेका करिव ६३ हजार नेपाली कामदारले पाएको ज्ञान, सीप, क्षमता र अनुभवले समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने बताएका छन् । मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सीप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने उनको भनाइ थियो ।

दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढ्ने योजना तय गरिरहेको उनले बताए । नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कारियाको निजी क्षेत्रलाई मन्त्री विष्टले आग्रह गरेका छन् ।
दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् । मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराए ।

– कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...