Wednesday 5th August 2026

बससँग ठोक्किएको माइक्रो खोलामा खस्यो १२ जना घाइते


तितोपाटी- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा यात्रुबहाक बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १२ जना घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट काठमाण्डौ लागेको बा ५ ख २१५१ नम्बरको माइक्रो बिपरित तर्फबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाण्डौको ट्रमासेन्टरमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...