Wednesday 5th August 2026

अख्तियारले मसँग सम्पर्क गरेको छैनः गच्छदार


काठमाडौं -नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

Bijay Gachhadar

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा उनीसँग पनि सोधपुछ गर्न खोजिएको तर, उनी सम्पर्कमा नआएको समाचारहरु आएको थियो ।अमेरिकाबाट भारत हुँदै आइतबार साँझ स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै त्यसको खण्डन गरेका छन् । ‘अख्तियारले मसँग सम्पर्क पनि गरेको छैन । खबर पनि छैन’ उनले भने ।

बालुवाटारको जग्गाबारे २०६६ चैत २९ गते मन्त्रिपरिषद्को सम्बन्धमा सोधपुछ गर्न चाहेको छ भन्ने आफूले समाचारबाटै थाहा पाएको उनले बताएका छन् ।

उनले आफ्नो पालामा प्रधानमन्त्री निवास वरपरका सडकहरु चौडा गर्ने काम भएको बताए । तर जग्गासम्बन्धी विवरण राख्ने भौतिक योजनाले नभई भूमिसुधार मन्त्रालय भएको भन्दै पूर्व उपप्रधानमन्त्री गच्छदारले भने, ‘भौतिक योजना मन्त्रीको हैसियतमा मैले सडक चौडा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा मात्र लगिदिएको हो । त्यो जग्गा कसको हो भन्ने मलाई थाहा छैन ।’

यद्यपि बालुवाटार जग्गा प्रकरणमा अख्तियार वा सरोकारबाला पक्षले छानविन गर्न सक्ने भन्दै उनले अख्तियारले सोधपुछ गर्न चाहे सहयोग गर्ने समेत स्पष्ट पारे ।

-अनलाईनखबरबाट


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...