Saturday 20th June 2026

नेकपाको कार्यविभाजन : कतै खातैखात, कतै पुर्पुरोमा हात !


काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार ७७ जिल्लाका इन्चार्ज र अधिकांश सह–इन्चार्जको टुङ्गो लगाएको छ । लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ ।

७७ मध्ये कतिपय जिल्लामा इन्चार्ज मात्रै तोकिएको छ भने कतिपय जिल्लामा इन्चार्जसहित १० जनासम्म सह–इन्चार्ज तोकिएका छन् ।

कतिपय जिल्लामा असन्तुष्टि देखिएकाले इन्चार्ज मात्रै तोकिएको नेकपा स्रोतले जनाएको छ । तर यो असन्तुष्टि भएपनि नेताहरुले व्यक्त गर्न चाहेका छैनन् ।

ताप्लेजुङ लगायत १२ वटा जिल्लामा नेकपाले सह–इन्चार्ज तोकेको छैन । सह–इन्चार्ज नतोकेका  जिल्लाहरुमा इलाम, धनकुटा, ओखलढुङ्गा, सप्तरी, नुवाकोट, मनाङ, पर्वत, म्यादी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, र प्युठान रहेका छन् । त्यस्तै महानगरहरुमा पनि नेकपाले सहइन्चार्ज तोकेको छैन ।

तर कतिपय जिल्लाहरुमा नेकपाले १० जनासम्म सहइन्चार्ज तोकेको छ । नेकपाका सह–इन्चार्ज धेरै भएका जिल्लाहरुमा धनुषा, काठमाडौ र सिराहा रहेका छन् । सिराहमा १० जनालाई सह–इन्चार्ज तोकिएको छ भने धनुषा र काठमाडौँमा ९–९ जना सह–इन्चार्ज तोकिएका छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...