Wednesday 5th August 2026

१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ


बर्दिया– कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित शनिबार दिउँसाे पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको हो। उनीहरूलाई गेरूवा गाउँपालिका–१, एचआरपि कटेजबाट पक्राउ गरिएकाे हाे।

आयोजनाको कामको सहजीकरणबापत् घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...