Wednesday 5th August 2026

आत्मसुरक्षाका लागि बोकेको बम विष्फोट भयो – विप्लव समूह


धनगढी– प्रतिबन्धित नेत्रविक्रम चन्द “विप्लब” नेतृत्वको नेकपाले बिहीबार साँझ धनगढीमा भएको बम विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई सहिद घोषणा गरेको छ ।विप्लव समुहका सेती महाकाली इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा ज्यान गएको जनाएका छन् ।

‘धनगढी उपमहानगरपालिका सहिदगेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गर्दै उहाँप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विप्लव समुहले सो घटनामा परि घाइते भएका सर्वसाधारणको सवास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचार व्यवस्था पार्टीले गर्ने जनाएको छ ।

घटनाले आम नागरिकमा परेको असहजताप्रति दुःख व्यक्त गर्दै घटना हुनुको पछाडिको मूल कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवाद सरकारले लिनुपर्ने विप्लव समूहले जनाएको छ ।

हिजो साँझ भएको उक्र विष्फोटमा ५ जना घाइते भएका थिए । जसमध्ये सिंहको हिजै मृत्यु भएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...