Tuesday 13th January 2026

याद सधै गाउँ घरको – राम बस्नेत


देख्छु सधै सपनीमा बजेका ती बासुरी मादलहरु  ।
सम्झिन्छु ती वर्षा यामका असिना पानी बादलहरु ।।

बिहान उठदा हरियो डाँडा सेतो हिउँ चम्की रहन्थ्यो ।
मनमा सधै मेरो नेपाली भाका मात्र घन्कीरहथ्यो ।।

पल्ला घरे माइला काका रामु भनी बोलाउथे ।
तिन्को मिठो आबाज सुनी म आफै टोलाउंथे ।।

हेर्दाहेर्दै उमेरआधा लाग्यो गाउघरले पनि भुल्दै गयो ।
देशमै रहि रमाउने सपना खै कसरी अधुरो भयो ।।

सम्झिदा सम्झिदै जुनी बित्छ्की लाग्छ यो विदेशमा ।
मृत्यु शरीर जान्छ कि कतै बन्द त्यो बाकसमा ।।
मृत्यु शरीर जान्छ कि कतै बन्द त्यो बाकसमा ।।

राम बस्नेत

रेसुङा नगरपालिका-१० गुल्मी

हालः कुवेत


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...