Friday 9th October 2026

याद सधै गाउँ घरको – राम बस्नेत


देख्छु सधै सपनीमा बजेका ती बासुरी मादलहरु  ।
सम्झिन्छु ती वर्षा यामका असिना पानी बादलहरु ।।

बिहान उठदा हरियो डाँडा सेतो हिउँ चम्की रहन्थ्यो ।
मनमा सधै मेरो नेपाली भाका मात्र घन्कीरहथ्यो ।।

पल्ला घरे माइला काका रामु भनी बोलाउथे ।
तिन्को मिठो आबाज सुनी म आफै टोलाउंथे ।।

हेर्दाहेर्दै उमेरआधा लाग्यो गाउघरले पनि भुल्दै गयो ।
देशमै रहि रमाउने सपना खै कसरी अधुरो भयो ।।

सम्झिदा सम्झिदै जुनी बित्छ्की लाग्छ यो विदेशमा ।
मृत्यु शरीर जान्छ कि कतै बन्द त्यो बाकसमा ।।
मृत्यु शरीर जान्छ कि कतै बन्द त्यो बाकसमा ।।

राम बस्नेत

रेसुङा नगरपालिका-१० गुल्मी

हालः कुवेत


सम्बन्धित शीर्षकहरु

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको तीन वर्षपछि इरानको क्षेत्रीय प्रभाव र सुरक्षा रणनीतिमा गम्भीर चुनौती देखिएको…

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

प्रतिकृयाहरू
...