Saturday 20th December 2025

जापानमा एनिमेशन स्टुडियोमा आगलागी हुँदा १३ जनाको मृत्यु


तितोपाटी – जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान ‘क्योटो एनिमेशन’को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। उद्धारको काम भइरहेको छ। त्यहाँ आगो लागे पछि ठुलो विष्फोटको आवाज सुनिएको पनि बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...