Saturday 20th December 2025

पाल्पाको लुम्बिनी मेडिकलबाट बच्चा चोर्ने महिला स्याङजामा पक्राउ


तितोपाटी – पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाइ सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पतालभित्र ती महिलालाइ बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

-रानीमहल डट कम बाट


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...