तितोपाटी – पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट आज शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुत्केरी व्यथा लागेर शुक्रबार नै ९.३० मा मेडिकल कलेज प्रभास पुगेकी जमुनाले बिहान ११.५६मा छोरा जन्माएको बताइएको छ ।
करिव साढे ३ बजेतिर शिशु हराएको हो भने बच्चा हराएको २ घण्टा पछि मात्रै घटना बारे प्रहरीमा उजुरी गरिएको छ । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन् । सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्यान्टिनमा गएकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको प्रत्यक्षदर्शीले बताए ।
ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् तर जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियो । डिएसपी सापकोटाले भने । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन । बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको हुनुपर्छ । उनले भने । घटनाबारे बेलुकी पाँच बजेमात्र प्रहरीलाई खबर भएको डिएसपी डिएसपी कृष्णराज सापकोटाले बताए ।
अहिले एसपी दीपेन्द्र जिसीको नेतृत्वमा रहेको प्रहरी टोलीले घटनाबारे अनुसन्धान थालेको छ । अस्पतालमा रहेको सिसि क्यामेराको फुटेजबाट अनुसन्धान गर्न खोजिएपनि अस्पतालको सिसि क्यामेरा समेत बिग्रिएकाएकोले अनुसन्धानमा समस्या भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हराएको शिशुको खोजी कार्य समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-थाहाखबरबाट