Tuesday 18th August 2026

गायक बसन्त परियारको नयाँ लोक दोहोरी गीत बजारमा


तितोपाटी – रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपालिका – ६ स्थायी घर भएका गायक बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल भएका छन । हालसालै नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा बोलको गीत अब छिट्टै बजारमा आउने भएको  छ ।  उक्त गीतमा गायक बसन्त परियारको स्वर, लय र शब्द रहेको छ भने गायिका सुनिता परियारले साथ दिएकी छिन ।

सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गायक बसन्त परियारको आधा दर्जन भन्दा बढी गीतमा स्वर तथा लय दिएका छन । कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतीहरु दिदै आएका सफल गायक नेपालकुवेत साँस्कृतिक मञ्चका सदस्य पनि हुन ।

उक्त नयाँ लोक दोहोरी हाम्रो जिल्ला अर्घाखाँचीमाको बोलको गीतलाई नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राईले बिशेष सहयोग गरेका छन । भने उक्त गीत लाई उत्पादक तथा वितरक अघांदवार फिल्मस प्राली सामाखुशी काठमाडौंले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ।…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्य गर्न ‘आत्मसमर्पणको सेतो झण्डा उठाउन’ आग्रह गरेका छन्। अमेरिका र इरानबीच भएको ६०…

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

प्रतिकृयाहरू
...