Sunday 25th October 2026

पपुवा न्युगिनीमा आदिवासीबीचको हिंसामा १० महिला र ५ बालबालिकाको हत्या


तितोपाटी – आदिवासीबीच हिंसा भड्किएपछि  पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।

घटनाको समय गाउँमा रहेका कारिडाको हेल्थ सेन्टरका अफिसर इन चार्ज फिलिप पिमुवाले द गार्जियनसँग कुरा गर्दै घटनामा १६ जना मारिएको बताएका छन् । जसमा एक वर्षको उमेरदेखि १५ वर्षको उमेरबीचमा रहेका ८ बालबालकिा रहेका छन् भने आठ महिला रहेका छन् । ती मध्ये दुई जना गर्भवति रहेका थिए ।

आरएनजीले भने १० महिला र ५ बलबालिकासहित १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । समाचारमा तारी प्रहरी प्रवक्ता थोमस लेभोङ्गोलाई उद्धृत गरिएको छ ।

सोमबार बिहान करिब ६ बजे उक्त घटना भएको थियो । आक्रमणकारीहरुले बन्दुक र धारिलो हतियार प्रयोग गरेका थिए ।

पछिल्लो समय पापुवा न्युगिनीको हेला प्रान्तमा आदिवासी हिंसा जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन । इरानले विदेशमा रहेका अमेरिकी नागरिक तथा अधिकारीलाई निशाना बनाउने प्रयास तीव्र पारेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएपछि अमेरिकाले…

मक्का/ढाका । साउदी अरबको पवित्र सहर मक्कामा दुई बंगलादेशी नागरिकलाई मृत्युदण्ड दिइएको घटनाले न्यायिक पारदर्शिता, मानव अधिकार र विदेशमा रहेका…

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

प्रतिकृयाहरू
...