Tuesday 8th September 2026

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको निकृष्ट अभिवयक्ति


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न गरेका छन् ।

यसअघि पनि सरकारका कतिपय निर्णयहरुप्रति असहमति जनाउने पार्टीका नेताहरुलाई रिमालले यस्तै गरी आक्रमण गर्ने गरेका थिए ।पछिल्लो पटक तरकारी र फलफुलमा विषादी परीक्षण तत्कालका लागि स्थगन गर्न सरकारको निर्णयको पार्टीभित्रैबाट पनि विरोध भइरहको छ । खास गरी नेताहरु भीम रावल, मेटमणी चौधरी लगायतले अपरिपक्व निर्णय गरेर सरकार कर्तव्यबाट बिमुख भइरहेको आरोप लगाइरहेका छन् ।

यिनै नेताहरुप्रति लक्षित भएर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘छौँडा’ शब्द प्रयोग गरेर आक्रमण गरेको बुझ्न सकिन्छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार जस्तो पदमा रहेका रिमालको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् । रिमालको ट्विटमा टिप्पणी गर्दै तारानाथ दाहालले ‘छि छि सरकारका प्रमुख सल्लाहकारको भनाई’ लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...