Saturday 24th October 2026

ललितपुरमा १७ वर्षीया किशोरीलाइ बन्धक बनाएर बलात्कार


तितोपाटी – ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। आरोपित युवाको स्थायी घर काभ्रेको पाँचखाल भएपनि महालक्ष्मी नगरपालिकाको चाँगाथली बस्दै आएका थिए। आरोपित अधिकारी असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ परेका हुन् । पाँच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...