Thursday 6th August 2026

समाजवादी पार्टी नेपाल र राजपा विच छिट्टै एकता हुने संकेत


तितोपाटी – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता हुने संकेत देखिएको छ । दुइ पार्टीका नेताहरू बीच एकताको लागि घनिभूत छलफल भइरहेको छ । एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको छ ।

एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । राजपा नेपाल स्रोत भन्छ, ‘ दुई नेताको बीचमा अहिले दिनहुँ जस्तो छलफल हुन्छ । महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल शुरु भएको छ । यद्यपि अहिले ठोस विषयमा सहमति भएको छैन ।’

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति छैन । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । त्यसबाहेक, दुवै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापना गर्ने विषयमा नेताहरुको बीचमा छलफल भइरहेको स्रोतको दावी छ । समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् ।

एकीकरण भएपछि यी दुवै पक्षका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने दुवै दलका लागि चुनौतिको विषय रहेको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव अनि त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

राजपा नेपालका महेन्द्रराय यादवलाई संसदीय दलका नेता दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसपछि शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने सहमति भइसकेको अवस्थामा अब कुन मोडालिटीमा एकीकरण हुने भन्ने विषय मात्र बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...