Saturday 14th June 2025

काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एक पक्राउ – भन्छन् सिरिन्ज होइन काँटी घोपेको हुँ


काठमाडाैँ – सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्।

डीएसपी बोगटीले भने , ‘ पक्राउ परेका सन्तोषले रोग सार्ने नियतले आक्रमण नगरेको बयानमा उल्लेख गरेका छन्।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका थियो।महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि प्रहरी उनीहरुको खोजी तिब्र परेको थियो।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिनुका साथै ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि रहेको स्वीकार गरेका छन्। उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरी प्रमुख उत्तम सुवेदीले पक्राउ गरिएको कार्कीमाथि थप अनुसन्धान भइरहेको बताए।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएपछि प्रहरीले सर्तकता बढाएको छ। बनेपामा पनि सोही प्रकृतिको घटना भएको छ। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका…

शुक्रबार बिहान दर्जनौं सैन्य लक्ष्य र इरानी आणविक स्थलहरूमा आक्रमणको प्रारम्भिक लहरमा दर्जनौं इजरायली विमानहरूले भाग लिए। इजरायलमा सम्भावित इरानी…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

प्रतिकृयाहरू
...