Sunday 20th September 2026

काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एक पक्राउ – भन्छन् सिरिन्ज होइन काँटी घोपेको हुँ


काठमाडाैँ – सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्।

डीएसपी बोगटीले भने , ‘ पक्राउ परेका सन्तोषले रोग सार्ने नियतले आक्रमण नगरेको बयानमा उल्लेख गरेका छन्।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका थियो।महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि प्रहरी उनीहरुको खोजी तिब्र परेको थियो।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिनुका साथै ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि रहेको स्वीकार गरेका छन्। उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरी प्रमुख उत्तम सुवेदीले पक्राउ गरिएको कार्कीमाथि थप अनुसन्धान भइरहेको बताए।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएपछि प्रहरीले सर्तकता बढाएको छ। बनेपामा पनि सोही प्रकृतिको घटना भएको छ। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...