Monday 27th April 2026

पुराना घरेलु कामदार छुट्टी जान र आउन पाउनु पर्ने माग राख्दै २८ जुनमा दूतावासमा ज्ञापन-पत्र बुझाइने


तितोपाटी- कुवेतमा कार्यरत पुराना घरेलु कामदारले नेपाल छुट्टी गएर फिर्ता आउन पाउनु पर्ने माग राख्दै आगामी २८ जुन शुक्रबारको दिन ज्ञापन पत्र बुझाइने भएको छ । केहि हप्ता अगाडि गठन गरिएको संघर्ष समितिले सो ज्ञापन-पत्र बुझाउन लागेको हो । संघर्ष समिति गठन गर्नको लागि कुवेतमा लामो समयदेखि सामाजिक सेवाको कार्य गर्दै आएको सामाजिक सँस्था जन-जागृति युवा समाज कुवेतले समन्वय गरिदिएको थियो ।नेपाल सरकारले सन २०१४ देखि खाडीका मुलुकमा घरेलु कामदार पठाउन बन्द गरेदेखि अाैपचारिक रूपमा घरेलु कामदार आउन पाएका छैनन् ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार जान रोक लगाएसंगै खाडी देशमा काम गर्दै आएका घरेलु कामदार समस्यमा परेका हुन् त्यस्तै कुवेतस्थित कार्यरत नेपाली महिलाले घर बिदामा गएर पुनः फर्की आउनु पर्ने भनाइलाई साथ् दिदै उक्त ज्ञापन पत्र बुझाउन लागेको संघर्ष समितिका संयोजक टिकाराम आचार्याले तितोपाटीलाई बताएका छन्।

सरकारले नयाँ भिषालाई बन्द गरेपनि पुराना घरेलु कामदारहरुलाई समेत श्रम स्वीकृति नदिएका कारण नेपालमा बिदामा गएकाहरुलाई पुनः आउनका लागि श्रमस्वीकृतिमा रोक लगाएका कारण सहजताको लागि दुतावास द्वारा माग गरेको बताए। घरेलु कामदारका रुपमा खाडी राष्ट्र जाने महिला कामदार शोषणमा परेको जनाउदै सरकारले घरेलु कामदारका लागि श्रम स्वीकृति रोक्का गरेको थियो। कुवेतमा हाल ४० हजारको हारहारिमा घरेलु महिला कामदार रहेको अनुमान गरिएको छ। त्यस मध्य धेरै जनाको गुनासो छुट्टी गएपछि पुनः आउन पाउनु पर्नेमा सरकारले बाटो नै बन्द गरिदिएको पिडितहरुले बताएका छन।

वैदेशिक रोजगारमा जानु नेपाली हरुको बाध्यता हो, वैदेशिक रोजगारमा सरकारले श्रमस्विकृती रोकेर पीडितलाई अझ पीडा थपेको कुवेतस्थित संघसंस्थाका प्रतिनिधिहरू बताउँछन् । त्यस्तै कुवेतस्थित घरेलु कामदार नेपालीहरुले धेरै जना सजिलै छुट्टी  जान खोजेको तर त्यस्तो हुन नसकेको र सोहि कुरालाई पुनः लागु गर्न आफुहरुले १७ जनाको संघर्ष समिति गठन गरेको बताउदै नेपाली दुतावासमा ज्ञापन पत्र बुझाउन आगामी शक्रबार शुक्रवारका दिन दिउँसो ४ बजे नेपाली दूतावास जाने कार्यक्रम रहेकोले उक्त दिन एनआरएनए, पत्रकार महासंघ, संघ संस्थाका बुद्धिजिबी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...