Monday 31st August 2026

ज्योतिले हङकङमा मच्चाउने भइन् हलचल


तितोपाटी – हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् ।

आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट २०१९’ आयोजना गरिँदैछ । उक्त कार्यक्रममा उलने सांगीतिक प्रस्तुती दिनेछिन् ।

काठमाडौँको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । ज्योतिको यो चौथो पटक हङकङमा सांगीतिक कार्यक्रम हुन लागकेो हो ।

कार्यक्रममा हङकङकै स्थानीय कलाकार हर्षित आले मगर, राज तामाङको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ । कार्यक्रमहरुको संयोजन बुलेटहाङ्ग तिगेलाको ‘ब्ल्याग पिग इन्टरटेनमेन्ट’को आयोजनामा कार्यक्रम हुन लागेको हो ।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको…

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा…

प्रतिकृयाहरू
...