Sunday 1st November 2026

ज्योतिले हङकङमा मच्चाउने भइन् हलचल


तितोपाटी – हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् ।

आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट २०१९’ आयोजना गरिँदैछ । उक्त कार्यक्रममा उलने सांगीतिक प्रस्तुती दिनेछिन् ।

काठमाडौँको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । ज्योतिको यो चौथो पटक हङकङमा सांगीतिक कार्यक्रम हुन लागकेो हो ।

कार्यक्रममा हङकङकै स्थानीय कलाकार हर्षित आले मगर, राज तामाङको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ । कार्यक्रमहरुको संयोजन बुलेटहाङ्ग तिगेलाको ‘ब्ल्याग पिग इन्टरटेनमेन्ट’को आयोजनामा कार्यक्रम हुन लागेको हो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...