Friday 3rd October 2025

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन


तितोपाटी – वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

लामो समय बेलायतको किङस कलेज हस्पिटलमा उपचार गराए पनि निको नहुने निश्चित भएपछि डा. देवकोटा आफ्नै देशमा प्राण त्याग गर्ने भन्दै बैशाख १५ गते नेपाल फर्किनु भएको थियो ।

२०१० साल पुस ४ गते गोरखाको पण्डितगाउँमा जन्मिनुभएका डा. देवकोटाले चिकित्सा क्षेत्रमा ३४ वर्ष बिताउनु भएको थियो । श्रद्धाञ्जली अर्पणका लागि डा. देवकोटाको पार्थिक शरीर भोलि विहान ८ बजेदेखि दिउँसो एक बजेसम्म बासबारीस्थित न्यूरो अस्पतालको प्राङ्गणमा राखिने अस्पताले जनाएको छ ।

त्यसपछि विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने बताइएको छ । डा. देवकोटाको श्रीमति र तीन छोरी छन् । डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गर्नुभएको थियो ।

वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गर्नुभएका उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गर्नुभएको थियो । देवकोटाले सात महिना स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका…

आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष…

प्रतिकृयाहरू
...