Tuesday 4th August 2026

बाँकेमा चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट


तितोपाटी – बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ। घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ। आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो।

-रासस


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...