Thursday 4th September 2025

छिमेकीको हत्या गरी भारतमा लुक्दै आएका सहनी पक्राउ


तितोपाटी- कर्तब्य ज्यान मुद्दाका फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय प्रजा सहनीलाई पर्सा प्रहरीले छपकैयास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनले गत चैत १८ गते स्थानीय किशोरी सहनीको हत्या गरी गहुँबारीमा फालेको प्रहरीले जनाएको छ।

सहनीको हत्यापछि उनी लुकेर रक्सौल आसपासका क्षेत्रमा बस्दै आएका थिए।

पक्राउ पछि प्रजा सहनीले किशोरी सहनीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। किशोरी सहनीले आफ्नो आमासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएपछि उनको हत्या योजना बुनेको प्रजा सहनीले प्रहरी समक्ष बताएका छन्।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (महेश श्रेष्ठ पक्ष)ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली अनलाइन पोर्टल मुलपत्र…

सुडानका लगातारको भारी वर्षापछि गएको पहिरोमा परि १ हजार जना भन्दा बढिको ज्यान गएको छ । गत अगष्ट ३१ मा…

प्रतिकृयाहरू
...