Tuesday 8th September 2026

धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी


तितोपाटी- सरकारले ल्याएको विधेयकबाट गुठियारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरे ।

उनले भने, ‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलाई चलाईयो भने निश्चित रुपले १० औ लाख मान्छे काठमाण्डौमा उत्रनेछ । नाङलो ढड्याएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीवासीलाई ।’

उनले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाडौं घेराबन्दी हुने र भयाभह स्थित श्रृजना हुने चेतावनी दिए । प्रधानमन्त्रीले विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए । उनले हिन्दु धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे । गुठियारहरु आफुहरुको धर्म र संस्कृति हनन् गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाडौंबासीको संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गरे ।

उनले भने, ‘सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ । कम्युनिष्ठहरु धर्म मान्दैनन् । कम्युनिष्ठहरु संस्कृति र सम्पदामा विश्वास गर्दैनन् । कम्युनिष्ठहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन् । यो कम्युनिष्ठको दर्शन हो । यो कम्युनिष्ट को स्कुलिङ हो । आज यो चरितार्थ भएको छ ।’

उनले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गरे । सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठी सम्बन्धी विधेयक आएको दाबी गरे ।

संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभूति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभूत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे ।

आईतबार माईतीघर मण्डलामा गुठी व्यवस्थापन सम्बन्धी विधेयकको विरोधमा निस्किएको जुलुशमा प्रहरी दमन भएको भन्दै उनले तत्काल छानविन समिति बनाउ आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...