Monday 3rd August 2026

कम्युनिस्टहरु भैसीको पुजा गर्छन्ः कमल थापा


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलहरुले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताएका छन् ।मिडिया नेपालले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षिय गोलमेच सम्मेलनको आवश्यकता औंल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताए ।

‘हामी फरक मत राख्दै संविधानलाई शिरोपर गरेर हिडेका छौ,’ उनले भने, ‘पुरानो व्यवस्थामा फर्कने भन्ने हाम्रो एजेण्डा होइन, सहमति र सम्झौताको व्यवस्था हो ।

अध्यक्ष थापाले गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको बताए ।

भारतको सहारामा १२ बुँदे गर्दा राष्ट्रियता कमजोर बनेकाले अब सरकारले मुलुकलाई एकतावद्ध गर्ने गरि विप्लव नेतृत्वको नेकपादेखि राजसंस्था, हिन्दु धर्मको एजेण्डा बोक्ने राप्रपाको माग सम्बोधन गर्न गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिए ।

‘कम्युनिस्टहरु धर्मलाई अफिम भन्छन्, धर्मनिरपेक्ष पनि भन्छन,’ उनले भने, ‘भैसीको पुजा पनि गर्छन् ।’ पछिल्लो समय कांग्रेस नेताहरुले हिन्दुराज्यको विचार राख्दै हिँडेको राम्रो भए पनि अडान कायम राख्न नसकेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...