Saturday 14th February 2026

अतिथि कलाकारहरूलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत


तितोपाटी – दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार कुवेतको जलिबमा अायोजना गर्न गइरहेको संागितिक कन्सर्टको लागि अाजै बिहान ९ बजे कुवेत एयरपोर्ट अाइपुगेका हुन ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अतिथि कलाकारको स्वागतका लागि पुगेका अायोजक लगायत नेपाली समुदाय कुवेतका प्रतिनीधिहरूले कलाकार द्वयलाइ पुष्प गुच्छा तथा खादा ओढाएर भव्य रूपमा स्वागत गरेका थिए । नायक पल शाह नेपाली चलचित्र जगतका अहिलेका जल्दाबल्दा नायक हुन भने खास गरी अहिलेका युवा वर्गको ढुकढुकी नै बनेका शाहका कुवेतमा पनि धेरै फ्यानहरू रहेको अनुमान गरिएको छ । त्यसै गरि मिठो स्वरका धनि गायक प्रताप दास पनि नेपाल अाइडल २०१७ का टप गायक हुन । कलाकार द्वयले कुवेतवासी नेपालीलाइ भोलीको सांगीतिक कन्सर्ट मार्फत भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ ।

कलाकार द्वय हिँजो दिउँसो ३ः३५ बजे एयर अरबियाको उडानबाट कुवेत अवतरण गर्ने भनेकोमा प्राविधिक कारणबस हिँजोको उडानमा अाउन नसकेपछि एयर अरेवियाको उडानबाट अहिले बिहान ८ः४० बजे कुवेतमा अवतरण गरेका थिए । कलाकार द्वयको स्वागतको लागि अायोजक सँस्था दर्शन ठकुरी समाजका अध्यक्ष एल.बि. ठकुरी, संयोजक शिब शाही, खेलकुद प्रशिक्षक सुरज सिंह ठकुरी लगायत दर्शन ठकुरी समाजका अधिकांश पदाधिकारीहरू, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका संरक्षक जय अाले मगर तथा मिडियाकर्मीहरू कोसेली समुहका कोषाध्यक्ष समेत रहेका पत्रकार राजन श्रेष्ठ, कुवेतनेपाल डट कमका पत्रकार शुरेश गुरूङ तथा मनकामनामिडिया डट कमका बिजय लामा लगायत नेपाली समुदाय कुवेतमा विभिन्न क्षेत्रसंग सम्बन्धित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

अायोजक संस्था दर्शन ठकुरी समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक द्वयले भोलीको कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ निमन्त्रणा गर्दै कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रूपमा दर्शकहरूको महत्वपुर्ण भूमिका हुने भन्दै भोलीको कार्यक्रम दिउँसो २ बजेबाट शुरू हुने भएकोले २ बजे भन्दा अगाबै सबैलाइ कार्यक्रम हलमा उपस्थित भै भरपुर सांगीतिक मनोरञ्जन प्राप्त गर्ने अवसर नगुमाउन समेत सबैमा अाग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

प्रतिकृयाहरू
...