Wednesday 15th October 2025

अपहरण गर्ने धम्की दिंदै फिराैती माग्ने २ जना पक्राउ


तितोपाटी – महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सञ्चालन गरेका कार्कीसँग पाँच लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै धम्क्याएर रकम माग्ने दुई जनालाई कार्कीले दिएको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए।

महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। रासस


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...