Friday 11th September 2026

बैतडीमा घरमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु


तितोपाटी – बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।  समाचार अनुसार बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।

चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...