Friday 20th March 2026

दाल भात तरकारीको कमाइ ६ करोडभन्दा माथि


तितोपाटी- गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले दिनमा अझै पनि १७ शो पाइरहेको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले बताए । तेस्रो सातासम्म आइपुग्दा चलचित्रले ६ करोड २५ लाखभन्दा माथिको कारोबार गरिसकेको छ ।

झण्डै ३ करोडको लगानीमा बनेको चलचित्रले लगानी भने प्रदर्शन अगावै उठाइसकेको थियो । प्रदर्शनबाट आएको रकम भने पूर्णरुपमा नाफा हो । चलचित्रलाई अस्ट्रेलिया र युरोपमा मात्रै ६० लाखमा बिक्री गरिएको थियो । यस्तै अब अमेरिका, लण्डन, जापान, कोरिया लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।

चलचित्रको समीक्षा नराम्रो आएका कारण कारोबारमा १० प्रतिशत असर परेको किरणले बताएका छन् । उनले सबैको कुरालाई मध्यनजर गर्दै आफूहरुले पनि आफ्नो चलचित्रमा केही कमजोरी भएको महसुस गरेको उल्लेख गरे । उनले अबको प्रोजेक्टमा यी सबै कुरालाई मध्यनजर गर्दै राम्रो चलचित्र बनाउने कोशिश रहने पनि बताएका छन् ।

अबको प्रोजेक्ट पनि मह सञ्चारको ब्यानरमै बन्ने उल्लेख गर्दै उनले निर्देशकको प्रसंगमा भने, ‘छोराको विवाह गर्ने बेला भएको छ । यतिबेला हामी बुहारीको खोजीमा छौँ । त्यो बुहारी काली पनि हुन सक्छ । गोरी, जनजाती, डल्ली, होची जस्तो पनि हुन सक्छ तर मन मिल्नु पर्छ ।’
दाल भात तरकारीलाई उनका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

अन्त्यमा उनले दाल भात तरकारी कसैलाई नुन चर्को लाग्यो, कसैले भात गिलो भएको महसुस गर्नुभयो, कसैलाई काँचो लाग्यो भन्दै अबका दिनहरुम यी सबै कमजोरीलाई स्वीकार्दै समीक्षकहरुको समीक्षालाई पनि मध्यनजर गर्दै अघि बढ्ने बताए ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...