Monday 14th July 2025

गुगलका एपहरू हुवावे मोवाइलमा नचल्ने


तितोपाटी – चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो।

गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेललगायतका एपहरू राखिने छैनन्। हुवावे फोन प्रयोगकर्ताले हाल चलाउँदै आएका त्यस्ता एपहरू प्रयोग गर्न मिले पनि अपडेट हुने छैनन्।

गुगलको निर्णयबारे प्रतिक्रिया दिँदै हुवावेले ‘एन्ड्रोइडको विकास र विस्तारमा हुवावेले ठोस योगदान पुर्‍याएको’ जनाएको छ। त्यसका साथै कम्पनीले‘आफ्ना विश्वव्यापी ग्राहकका लागि सेवा प्रदान गर्न सुरक्षित र भरपर्दो सफ्टवेयर विकसित गर्ने’ उल्लेख गरेको छ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...