Monday 22nd December 2025

शान्ति सेनाको सहयोगमा लिवियाबाट १५ नेपालीको उद्धार


तितोपाटी- वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।

दूतावासका अनुसार पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी र प्रकाश विश्कर्मा र मनोहर कार्कीको उद्दार भएको छ ।

उनीहरु कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

अहिले क्याम्पमा रहेका १५ जनालाई आईओएमले खान र बस्नको व्यवस्था मिलाउनुका साथै हजाइ टिकटको समेत व्यवस्था मिलाइदिने भएको छ । यसअघि कायरो दूतावासकै पहलमा मे पहिलो साता पनि अलपत्र ७ नेपालीको उद्धार गरिएको थियो ।

दूतावासको लगातारको प्रयासपछि किरण खड्का, सिरज रायमाझी, शम्भु प्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु, प्रेमलाल गौतमको उद्धार गरिएको हो । इटाली पठाउने प्रलोभनमा उनीहरुलाई लिबिया पुर्याई अलपत्र पारिएको बताइएको छ ।

दूतावासले आईओएमको क्षेत्रीय कार्यालय, संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेनासँग समेत नियमित सम्पर्क र समन्वयमा त्यहाँ अलपत्र परेका नेपाली कामदारको अवस्था बुझी उच्च प्राथमिकताका साथ उद्धार कार्यलाई जारी राखिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...