Tuesday 11th November 2025

श्रीमती सँगै बस्न नमानेपछि एसिड प्रहार


तितोपाटी – राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्‍ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्‍कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्दै आएकी थिइन ।

युवतीको अनुहार र छातीमा एसिड परेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विष्णुलाई प्रहरीले राति १० बजे काँडाघारीबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनलाई सुरुमा ओम अस्पताल लगिएको थियो । ओम अस्पतालमा उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल लगिएको छ । खड्काको एसिडले शरीरको २० प्रतिशत भाग जलेको छ । उनको बिहीबार १० बजेपछि अप्रेसन गर्ने तयारी गरिएको छ ।

काभ्रे फूलबारीका २८ वर्षीय विष्णु भुजेलले कुरा गर्नु छ भन्दै डेरा बाहिर बोलाएर एसिड छ्यापेका हुन् । भुजेलको जेठी श्रीमती रोजगारीको सिलसिलामा विदेशमा छिन् । केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले जेनीलाइ दोस्रो श्रीमतीको रूपमा भित्र्याएको थाहा पाए पछि उनी माइत मै बसेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...