Wednesday 18th February 2026

भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जनाको मृत्यु


तितोपाटी – भूमध्य सागरमा एक डुंगा दुर्घटना हुँदा ६५ जनाको ज्यान गएको छ भने १६ जनालाइ सकुशलै उद्दार गरिएको छ । प्रवासीहरु चढेको सो डुंगा भूमध्य सागरमा दुर्घटना भए पछि कम्तिमा ६५ जनाको मृत्यु भएको हो। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ।

जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो। जीवित व्यक्तिहरूले माछा मार्ने डुङ्गा प्रयोग गरी उनीहरुको उद्दार गरिएको हो। यस वर्ष १७ हजार प्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ बढी आप्रवासीको मृत्यु भएको थियो।

युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ। यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...