Wednesday 29th July 2026

फेसबुककै एक संस्थापकद्वारा फेसबुक टुक्राउन माग


तितोपाटी – मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभाव भएको’ बताएका छन् । जुकरवर्गको ‘असाधरण शक्ति’ ले हानी पु¥याउन सक्ने भन्दै उनले ‘नियामकले फेसबुकलाई टुक्राउने समय आएको छ’ लेखेका छन् ।

‘जुकरवर्ग असल र दयालु मानिस हुन् । तर उनले कम्पनीको विस्तारमा मात्र ध्यान दिँदा सुरक्षालाई बलिदान गरे र क्लिक बढाउने धुनमा सबै खालको मयार्दालाई तिलाञ्जली दिइएका छन्,’ ह्युगले लेखेका छन् । ‘न्युज फिडको अल्गोरिदमले हाम्रो संस्कृतिलाई जसरी बदल्यो, निर्वाचनलाई जुन हदमा प्रभाव पार्यो र राष्ट्रवादी नेतालाई जसरी शक्ति प्रदान गर्यो त्यसको सम्भावनाबारे हामीले सुरुवाती दिनमै प्रयाप्त सोच विचार नगरेकोमा म आफैप्रति असन्तुष्ट छु,’ उनले भने ।

‘आजको दिनमा मार्कका नजिक रहेकाहरुले उनको गलत विश्वसप्रति प्रश्न गर्नेभन्दा पनि प्रशंसा गर्ने खालको देखिन्छ ।’ पछिल्लो समय फेसबुक र अन्य अनलाइन मञ्चमाथि कडा खालको नियन्त्रणको माग गर्ने क्रम बढेको छ । फेसबुकका व्यक्तिगत तथ्याङ्क अनुमति नलिई तेस्रो पक्षले प्रयोग गरिरहेको कयैन घटना बाहिरिएसँगै फेसबुकमाथि नियन्त्रण राख्ने माग उठ्न थालेका थिए । त्यस्तै फेसबुकमाथि कयैन देशमा निर्वाचनमा हस्तक्षेप गरेको र गलत सूचना फैलाएको आरोप पनि छ ।

दशक अघिनै फेसबुक छाडेका ह्युगले जुकरवर्गको एकाधिकारवादी क्रियाकलापको कारण हाल फेसबुकले सम्पूर्ण समाजिक सञ्जालको कुल आयको ८० प्रतिशत हिस्सा पाइरहेको बताए । यसको समाधानको लागि ह्युगले इन्स्टाग्राम र ह्वाटस–एपमाथि फेसबुकको स्वामित्व अन्त्य गराउनुपर्ने सुझाव दिएका छन् । ह्युगले अमेरिकी सरकारले एक नयाँ एजेन्सी निर्माण गरेरै प्रविधि उद्योगमाथि नियमन कायम राख्नु पर्ने माग गरेका छन् । “जुकरवर्गले हाल उपभोक्ताको छनौटलाई सिमित गरेका छन् । स्वतन्त्र प्रतिस्पर्धाको वातावरण सुचिश्चित गर्ने काम सरकारको हो र उसले त्यसलाई सुनिश्चितता गर्न सबै विकल्प चाल्नुपर्छ ।” ह्युगले लेखेका छन् ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...