Monday 28th July 2025

अनुष्का श्रेष्ठ बनिन् “मिस नेपाल वर्ल्ड २०१९”


तितोपाटी – यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...