Saturday 20th December 2025

पुर्वप्रधानमन्त्री प्रचण्ड दम्पतिले विवाहको ५० औं वर्षगाँठ मनाए


तितोपाटी – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । २०७४ साल मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । ललितपुरको सुनाकोठीमा विहीबार अपरान्ह प्रचण्ड र सीता दाहाल बेहुला-बेहुलीजस्तै बनेर सोफामा बसेका थिए । छेउमा साडीमा सजिएर दुई छोरीहरु बसेका थिए । सीता र प्रचण्डले जग्गेमा बेहुला-बेहुलीले जस्तै एक अर्कालाई माला लगाइदिएका थिए ।

छेउमा समारोहमा रातो लुगामा सजिएका महिलाले नरसिंगा, दमाहा लगायतका पञ्चेबाजा धन्काएका थिए भने सहभागीहरुलाई केक काटेर खुवाइएको थियो । सामान्य खानपिनको व्यवस्था पनि थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...