Wednesday 29th July 2026

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परिक्षण, परिक्षणस्थलमा नेता किम उपस्थित


तितोपाटी – उत्तर कोरियाले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ।  ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो। ‘उत्तर कोरियाले उत्तर तटीय सहर वन्सननजिकै रहेको होडो प्रायद्वीपबाट जापानी समुद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । परिक्षण स्थलमा नेता किम स्वयं उपस्थित भइ मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको पनि जनाइएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएका अनुसार अप्रिल महिनामै गरिएको सो ‘ट्याक्टिकल गाइडेड विपन’को परीक्षणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन आफैंले प्रत्यक्ष रूपमा हेरेका थिए। विभिन्न निशानामा मार हान्दै ती क्षेप्यास्त्रको परीक्षण भएको बताइएको छ।

यस मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता आफूले गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताएका छन्।

गत फेब्रुअरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो। सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो। सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो।

आफूमाथि लाग्दै आएको प्रतिबन्ध नहटेसम्म आफ्नो आणविक कार्यक्रम त्याग्न नसक्ने भन्दै उत्तर कोरियाले अड्को थापेपछि हनोई वार्ता विफल भएको थियो। त्यसबेला अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ–उनले खराब सम्झौता पेश गरेको बताएका थिए।

उत्तर कोरियाले साना क्षेप्यास्त्र परीक्षण गरे पनि यसले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउनेतर्फ गरेको सहमतिको उल्लंघन नभएको बताइएको छ। उसले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र वा आणविक हतियारको परीक्षण नगर्ने प्रतिबद्धता व्यक्त गरेकाले साना क्षेप्यास्त्र परीक्षणले कुनै सम्झौता नतोडिएको बिबिसीले उल्लेख गरेको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...